नवनियुक्त सभामुख अर्यालले आइतबार शपथ ग्रहण गर्ने
काठमाडौँ । प्रतिनिधिसभाको नवनियुक्त सभामुख डोलप्रसाद अर्याल आइतबार सपथ ग्रहण गर्न लागेका छन् । राष्ट्रपति कार्यालयका अनुसार, अर्यालको सपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे शितल निवासमा आयोजना हुनेछ । कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि र विशिष्ट व्यक्तिहरू उपस्थित हुनेछन् ।
प्रतिनिधिसभा सभामुख निर्वाचनमा रास्वपाका उपसभापति अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए । अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सांसद सोविता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्चीको पहिलो नगर अधिवेशन बहिष्कार : आन्तरिक लोकतन्त्र माथि प्रश्न
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो नगर अधिवेशन बहिष्कार भएको घटनाले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको छ। नयाँ राजनीतिक संस्कार, पारदर्शिता र...
निर्वाचनका कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते हुन लागेको प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विप...
बालेनले गरे खुवालुङको दर्शन, भने_ जीवित सांस्कृतिक आध्यात्मिक परम्पराको प्रतीक
काठमाण्डौँ । पूर्वी तराईको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले खुवालुङको दर्शन गरेका छन् । बुधबार सप्ताकोसी पुगेर शाहले खुवालुङको दर्शन गरेका हुन् । उनले यसलाई पवित्र स्थलका रुपमा व्याख्या ग...



