शुक्रबार, १५ साउन २०८३
नेपाली

टी-२० विश्वकपमा आजदेखि सेमिफाइनल, भिड्दैछन् न्युजिल्याण्ड र दक्षिण अफ्रिका

Main News Image

काठमाण्डौँ । आइसिसी टी २० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन् । कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ । दक्षिण अफ्रिका सुपर ८ बाट समूह एको विजेता हुँदै सेमिफाइलनलमा प्रवेश गरेको थियो ।

सुपर-८ को खेलमा उसले जिम्बाब्वेलाई ५ विकेट र वेस्ट इण्डिजलाई ९ विकेटले पराजित गरेको थियो । भारतविरूद्ध उसले ७६ रनको फराकिलो जित निकालेको थियो। न्युजिल्याण्ड सुपर ८ को समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो । सुपर ८ मा उसले एउटा मात्रै खेल जितेको थियो। इंग्ल्याण्डसँग ४ विकेटले पराजित हुँदा श्रीलंकालाई ६१ रनले हरायो ।

वर्षाका कारण पाकिस्तानसँगको खेल भने रद्द भएको थियो। दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच भएको पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जित्दा दक्षिण अफ्रिकाले २ खेल जितेको छ । आज विजयी हुने देशले बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबीचको विजयी टोलीसँग आइतबार फाइनल खेल्नेछ ।

mediabaaji add

सम्बन्धित खबर

मध्यपूर्वको तनावले स्थगित भयो नेपालमा हुने त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ । मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा...

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग ९एनपील० को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपीलको फाइनललाई नेपाली खेलकुदका ल...

पाकिस्तानद्वारा टी-२० विश्वकपको खेल बहिष्कार

काठमाडौँ । पाकिस्तानले टी-२० विश्वकपको कम्तीमा एक खेल बहिष्कार गर्ने भएको छ । पाकिस्तान सरकारले आफ्नो क्रिकेट टोलीले टी-२० विश्वकपमा फेब्रुअरी १५ मा भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ ।

आइसिसी टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत...

दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, सुपर एट सम्भावना बचाउने चुनौती

काठमाण्डौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत आज आइतबार समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ । भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघिका २ खेलमा ल...

फाइनलको आशा जीवित राख्न नेपाल आज भुटानसँग भिड्दै

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा जारी १९ वर्षमुनिको यू–१९ साफ महिला च्याम्पियनसीप अन्तर्गत आज लिग चरणका दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । पहिलो खेलमा दक्षिण एसियाली फुटबलका दुई बलिया प्रतिद्वन्द्वी बङ्गलादेश र भारतबीच मध्याह्न १२...

७ वर्षे बालक तेगबीरको कीर्तिमान : ५,४१६ मिटरको थोरङ्ला पास पार गर्दै बने संसारकै कान्छो पदयात्रीमध्ये एक

काठमाण्डौँ । भारतका ७ वर्षीय तेगबीर सिंहले ५,४१६ मिटर उचाइको थोरङ्ला पास पार गर्दै संसारकै कान्छा पदयात्रीमध्ये एकको कीर्तिमान बनाएका छन् । अप्रिल ११ मा सुरु भएको यात्रा १८ मा पूरा गर्दै उनले कडा चिसो र कम अक्सिजनबीच २३० किमि पदयात्रा सफलतापूर्वक...