सोमबारदेखि नेप्सेमा नयाँ नियम, सेयर मूल्य एकै दिन १५ प्रतिशतसम्म घटबढ
काठमाडौँ । अब सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड सेवोनबाट ‘धितोपत्र कारोबार सञ्चालन चौथो संशोधन विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।
सोमबारबाट लागू हुन लागेको नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान बनाउन र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको नेप्सेले जनाएको छ ।
नयाँ नीतिअनुसार बजार खुल्नुअघिको प्रि–ओपन सेसनको मूल्य सीमामा पनि परिवर्तन गरिएको छ । यसअघि २ प्रतिशत रहेको यस्तो सीमालाई बढाएर ५ प्रतिशत कायम गरिएको छ । यसले बजार खुल्ने बित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, नेप्से परिसूचक इन्डेक्समा आधारित सर्किट ब्रेकर प्रणालीलाई पनि सरलीकृत गरिएको छ । अब तीन तहको सट्टा दुई तहको मात्र सर्किट ब्रेकर रहनेछ । कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । यदि सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ । यसअघि ४,५ र ६ प्रतिशतको तीन तहको जटिल सर्किट प्रणाली रहेको थियो । नयाँ व्यवस्थाले बजारको अवरोध कम गरी कारोबारलाई सहज बनाउने लक्ष्य लिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, युरोपिय...
५ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा, ३ वर्षसम्म सार्वजनिक खरिदमा भाग लिन नपाउने
काठमाडौँ । सरकारले काममा ढिलासुस्ती र लापरवाही गर्ने पाँचवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार असार ३० गते एक सूचना जारी गर...
प्रभु बैंकमा बैंकिङ् कसुर — सीईओ शेरचनसहित तीन वरिष्ठ अधिकारी पक्राउ
काठमाडौँ — नेपाल प्रहरीको Central Investigation Bureau (सीआईबी) ले आइतबार (मंसिर १४, २०८२) बिहान कात्तुस्थित Prabhu Bank का प्रमुख कार्यकारी अधिकृत (CEO) अशोक शेरचन र अन्य दुई वरिष्ठ अधिकारीलाई बैंकिङ् कसुरको आरो...
विदेशी मुद्राको विनिमय दर : डलर, पाउन्ड र खाडी मुलुकको मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले प्रकाशन गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ ६४ पैसा तोकिएको छ...
जनउत्थान लघुवित्तले यो वर्ष पनि लाभांश वितरण नगर्ने
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
यही पुस २६ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वी...
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने दुई अर्ब राजस्व
काठमाडौँ । नेपाल–चीन उत्तरी सीमा नाका कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछ...



