शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

Main News Image

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र लाइसेन्सको छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको छ ।

मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षण मुद्रण केन्द्रमार्फत छापिँदै आएको नयाँ स्मार्ट लाइसेन्सको प्राविधिक संरचना, सुरक्षा तह र दीर्घकालीन रणनीतिबारे विस्तृत जानकारी दिइएको हो । मन्त्रालयका अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ ।

जसको आकार विश्वभर प्रयोग हुने क्रेडिट कार्डको जस्तो छ । विकसित देशहरूले दशकौँदेखि प्रयोग गर्दै आएको यस्तै प्रविधिमा आधारित यो कार्डलाई नेपालले पनि अवलम्बन गरेको मन्त्रालयले जनाएको छ । विगतमा प्रयोगमा रहेको ‘स्मार्ट चिप’ प्रविधि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको निष्कर्षसहित सरकारले नयाँ ढाँचा रोजेको हो । 


mediabaaji add

सम्बन्धित खबर

मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव- यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौंका केही ठाउँमा बिहान पानी छिट्याएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया...

आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै अवस्थित छ...