बिहिबार, १२ कात्तिक २०८३
नेपाली

नेप्से बढ्यो, १२१ कम्पनीको सेयर मूल्य बढ्दा परिसूचक २५ सय ९७ बिन्दुमा

Main News Image

काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढावमा रहेको बजार कारोबारको अन्तिम समयमा सुधारिएपछि नेप्से ७.५० अंक ०.२८ प्रतिशतले बढेर २ हजार ५९७.८० बिन्दु मा पुगेको हो।

पछिल्ला दुई कारोबार दिनदेखि देखिएको सुधारको लय बिहीबार पनि कायम रह्यो। कारोबार सुरु भएपछि केही समय बजार सकारात्मक रहे पनि त्यसपछि अधिकांश समय दबाबमा देखिएको थियो। तर, प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलबीच सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रका विषयमा छलफल भएको समाचार सार्वजनिक भएपछि अन्तिम समयमा बजार सकारात्मक बनेको देखिएको हो।


mediabaaji add

सम्बन्धित खबर

मंगलबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैस...

नगद कारोबारको सीमा ५ लाख कायम, १० लाखको व्यवस्था खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था गरेको हो । यसअघि १० लाखसम्म रहेको नगद कारो...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै, भारतबाट मात्रै ३० हजार ल्याइने

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यम...

हिमाली हाईड्रो फण्डले बोलायो साधारणसभा, आईपीओ प्रस्ताव पारित गर्ने

काठमाडौँ । हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न चौथो साधारणसभा आह्वान गरेको छ । कम्पनीको उक्त सभा फागुन २४ गते काठमाडौंमा रहेको कम्पनीको रजिष्टर्ड क...