शनिबार, २१ कात्तिक २०८३
नेपाली

२५.८१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

Main News Image

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से  परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर खरिद बिक्री हुँदा रू ४ अर्ब ९८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङसको भएको छ । यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा १३ प्रतिशतभन्दा धेरैले बढेको छ । यता, १० प्रतिशत केबिएल डिबेन्चर २०९०का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ११ प्रतिशत भन्दा धेरैले घटेको हो ।


mediabaaji add

सम्बन्धित खबर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ प...

उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले छोडे पद

काठमाडौँ । मुलुककै जेठो र ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदार प्रसाद रिजालले बिहीबार कुलपति ए...