शनिबार, १४ कात्तिक २०८३
नेपाली

आज ९.७८ अंकले बढ्यो नेप्से, ३ अर्ब ९४ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोडको सेयर कारोबार भएको छ । आज १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७६ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज सहास उर्जाको सर्वाधिक १८ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ५९ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको १६ करोड ३० लाख  रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन बन्दीपुर केवलबारका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरी र बुङगल हाइड्रो र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । भूगोल इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

अमेरिकी डलरले आज पनि राख्यो उच्च विन्दुको रेकर्ड, एक डलरको नेपाली रुपैयाँ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ १५ पैसा र बिक्रीदर १४४ र...

आज १३.५२ अंकले घटेर बन्द भयो नेप्से, ५ अर्ब २३ करोडको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । आज...

बाढी प्रभावितलाई ग्यास उद्योग संघले एक हजार २५० सिलिन्डर निःशुल्क दिने

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप १ हजार २ सय ५० भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ । संघले बाढीबाट अत्यन्त प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ...

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ती जारी गरी रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालम्पुर जाने श्रमिकहरूको सहज...

वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास एलपिजी, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयातब...