साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो ।
यस साता औसतमा ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ४ अर्ब ७४ लाखको सेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ४४ करोडको भयो । यस्तै, मंगलबार ३ अर्ब २९ करोड, बुधबार ४ अर्ब ५ करोड र बिहीबार ४ अर्ब ५७ करोडको सेयर कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से १२.५० अंकले घटेर २५९४.८७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । साताको दोस्रो कारोबार दिन नेप्से ६.७४ अंकले घटेर २६०१.६१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से १६.३७ अंकले बढेर २६१९.९९ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से ५.७० अंकले बढेर २६२५.७० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । साताको अन्तिम अर्थात् पाँचौ कारोबार दिन नेप्से १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
जनउत्थान लघुवित्तले यो वर्ष पनि लाभांश वितरण नगर्ने
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
यही पुस २६ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वी...
शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकक...
फेरि बढ्यो अण्डाको भाउ !
चितवन । चिसो बढ्दै जाँदा अण्डाको खपत बढेको छ । त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको छ । जसका कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको किसानहरू बताउँछन् । योसँगै शनिबारदेखि लागू हुनेगरी नेपाल...



