शनिबार, १४ कात्तिक २०८३
नेपाली

साताभर ३५.०५ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

Main News Image

काठमाडौँ । यस साता नेप्से परिसूचक ३५.०५ अंकले बढेर २६२०.९२ विन्दुमा आईपुगेको छ। गत साता २५८५.८७ विन्दुमा बन्द भएको नेप्से यो साता ३५.०५ अंक बढेर २६२०.९२ विन्दुमा पुगेको हो । यस साता चार कारोबार दिन बजार खुलेको थियो। जसमा दुई कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो । 

यस साता औसतमा ५ अर्ब ३ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ५ अर्ब ५३ करोड १३ लाखको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ७७ करोड ४७ लाखको भयो । यस्तै, बुधबार ५ अर्ब १३ करोड ४८ लाख र बिहीबार ४ अर्ब ७१ करोड ३९ लाखको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको दोस्रो कारोबार दिन नेप्से १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबार दिन नेप्से १०.८७ अंकले बढेर २६३३.७६ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको अन्तिम अर्थात् चौथो कारोबार दिन नेप्से १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३४२ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।


mediabaaji add

सम्बन्धित खबर

नेप्से २८.७३ अंकले उकालो, कारोबार ६ अर्ब ४७ करोड

काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ । ३३५ कम्पनीको १ करोड २४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भयो । २१४ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको घट्यो ।

आज श...

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी । बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ भने सञ्चालनमा रहेका दुई आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । सडकमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी रोकिएपछि धवलागिरि, अन्नपूर्...