मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

साताभर १२.७८ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

Main News Image

काठमाडौँ । यस साता नेप्से परिसूचक १२.७८ अंकले बढेर २६५४.९३ विन्दुमा आईपुगेको छ। गत साता २६४२.१५ विन्दुमा बन्द भएको नेप्से यो साता १२.७८ अंक बढेर २२६५४.९३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमा चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन मात्र नेप्से घटेको थियो ।

यस साता औसतमा ५ अर्ब १२ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ६ अर्ब ६९ करोड ९७ लाखको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब १३ करोड ८६ लाखको र मंगलबार ५ अर्ब १३ करोड ८६ लाखको सेयर कारोबार भयो । यस्तै, बुधबार ४ अर्ब ४५ करोड ११ लाखको र ४ अर्ब १७ करोड ४६ लाखको सेयर कारोबार भएको थियो । 

साताको पहिलो कारोबार दिन नेप्से २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको दोस्रो कारोबार दिन नेप्से २.४१ अंकले बढेर २६१६.९७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।


mediabaaji add

सम्बन्धित खबर

सत्र लाख किसान सूचीबद्ध गरिने

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर सूचीकरण हुन बाँकी करिब १७ लाख किसानलाई छिट्टै सूचीबद्ध गर्ने भएको छ । स्थानीय तथा क्षेत्रीयस्तरमा कर्मचारी व्यवस्थापन, राजनीतिक उतारचढावलगायत केही प्राविधिक कारणले सूचीबद्ध गर्न ढिला भएकाले १७ ल...

आईपीओ निष्कासनमा कडाइ, नेटवर्थ १०० रुपैयाँभन्दा कम भए अनुमति नपाइने

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोनले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ स्वीकृतिको मापदण्ड थप कडा बनाउने तयारी गरेको छ। बोर्डले सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ को मस्यौदा सार्वजनिक गर्दै प्रतिशेयर अंकित मूल्यभन्दा...

सेयर बजारमा भारी गिरावट, ९ अर्बमा झर्यो कारोबार

काठमाडौँ । बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक ३३.८३ अंकले घटेर २,८३३.०३ विन्दुमा बन्द भएको छ, जुन १.१८ प्रतिशतको कमी हो । आज कुल २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख ६१ हजार रुपैयाँ...