नेप्सेमा ७.०१ अंकको गिरावट, ६ अर्ब ४० करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७.०१ अंकले घटेर २६३३.५३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड २१ लाख ६३ हजार ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड २३ लाखको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एसवाई प्यानलको सर्वाधिक ४२ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको ३० करोड ८६ लाख रुपैयाँ र तेस्रोमा मञ्जुश्री फाइनान्सको २७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एनएमबि बैंकद्वारा ‘सफ्टपोस’ सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने
काठमाडौँ । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । कुनै पनि सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना...
सोलु हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ अर्को मात्रै बाँडफाँट गर्ने गरि काम गरिरहेको जानकारी दिएका हुन् ।
क...
विनिमयदर , डलर र युरोको मूल्य स्थिर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको...
एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ क्रस–बर्डर सेवाको सुरुवात
काठमाण्डौँ । एनएमबी बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो–नेपाल रेमिट्यान्स’ सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठ...
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोप...
बैंकिङ क्षेत्रमा अराजकता फैलाउनेलाई जेल सजाय, राष्ट्र बैंकले दियो अन्तिम चेतावनी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीहरूलाई लक्षित गरी भइरहेका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



