बिहिबार, ०८ असोज २०८३
नेपाली

नेप्से ५ अंकले घट्यो, ३ अर्ब ४० करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एपोलो हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दै १५ प्रतिशतले मूल्य बढेको छ । यस्तै, सोपान फर्मास्युटिकल्स र आत्मनिर्भर लघुवित्त को सेयर क्रमशः १४.९९ र १२.५३ प्रतिशतले उकालो लागेको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो, जसको ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

उपसमूहतर्फ विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र अन्य समूह घटेका छन् भने वाणिज्य बैंक, फाइनान्स, लघुवित्त, सामूहिक लगानी कोष तथा व्यापार समूहमा हरियाली देखिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

डलरको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको भाउ पनि बढ्यो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा काय...

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

काठमाडौँ । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै निर्माणका लागि प्रक्रिया अघि बढेको हो ।

बूढीगण्डकी जलाशययुक्त जलवि...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्...

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी...

सामान्य अंक बढेर बन्द भयो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा कायम भएको छ ।  आज दिनभरिमा ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३...