साताभर ३७.६३ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ३७.६३ अंकले घटेर २६७१.०७ विन्दुमा आईपुगेको छ । गत साता २७०८.७० विन्दुमा बन्द भएको नेप्से यो साता ३७।६३ अंक घटेर २६७१.०७ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमा चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन मात्र बढेको थियो ।
यस साताऔसतमा १० अर्ब १६ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ११ अर्ब ६५ करोड ९७ लाखको सेयर कारोबार भएकोमा सोमबार १० अर्ब ७७ करोड ३९ लाखको र मंगलबार ८ अर्ब ६१ करोड ६४ लाखको कारोबार भयो । यस्तै, बुधबार ८ अर्ब ६९ करोड २२ लाखको र बिहीबार ११ अर्ब १० करोड २५ लाखको सेयर कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से १०.२५ अंकले घटेर २६९७.०७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से २६.०५ अंकले घटेर २६७२.३९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । लगातार बढिरहेको सुनचाँदीको मूल्यमा मंगलबार भने भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।
यससँगै मगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ क...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य पनि तोल...
प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा ४९ उद्योगीको ८ अर्ब २६ करोड बक्यौता उठाउन खोज्दा हटाइएका कुलमान घिसिङले ऊर्जा...



