मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

आज १०.५३ अंकले घट्यो नेप्से, ४ अर्ब ७७ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाखको सेयर कारोबार भएको छ । आज  ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एसवाई प्यानलको सर्वाधिक २३ करोड २ लाख रुपैयाँ को कारोबार भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले  कमाएका छन् ।  यस्तै, ग्लोबल आईएमई समुन्नत योजना–२ का लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । वीन नेपाल लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

नेशनल लाईफ इन्स्योरेन्स को १ दिने तालिम सम्पन्न

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाइ  १ दिने तालिम प्रदान गरेको छ ।

 कम...

धानको समर्थन मूल्य : प्रतिक्विन्टल मूल्य ३६ सय ६० रूपैयाँ

काठमाडौँ । सरकारले धान लगाउनु अगावै आगामी आर्थिक वर्षको लागि धानको न्यूनतम समर्थन मूल्य तोक्ने सकारात्मक निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै यो मूल्य निर्धारण गरेको हो, जसको...

३३.२७ अंकले बढ्यो शेयर बजार, १० अर्ब माथिको कारोबार

काठमाडौँ । बुधबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ, जुन १.१७ को वृद्धि हो । आजको कारोबारमा २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ५३ करोड ७० लाख रुप...