कान्समा छानियो नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’
काठमाण्डौँ । विश्व प्रतिष्ठित कान्स फिल्म महोत्सवको ७९औँ संस्करणमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । कान्सअन्तर्गतको विधा ‘अन सर्टेन रिगार्ड’ यो फिल्म छानिएको हो । अविनाश विक्रम शाह निर्देशित यो फिल्म मुख्य प्रतिस्पर्धापछि प्रमुख मानिने विधामा नेपालबाट छनोट हुने पहिलो फिल्म समेत हो। ‘अन सर्टेन रिगार्ड’ले युवा निर्देशक र फरक कथावाचकहरूलाई समेट्छ ।
कान्समा मेन्टरसिप पाएको यो फिल्म अब उत्कृष्ट फिल्मका लागि ‘अन सर्टेन रिगार्ड प्राइज, उत्कृष्ट निर्देशक र स्पेसल जुरी प्राइजका लागि भिड्नेछ। यस फिल्मले हात्तीको आक्रमणबाट आक्रान्त बस्तीको एक परिवारको कथा भन्छ । हात्तीका कारण खेप्नुपरेको पीडासँगै आमा र छोरीको सम्बन्ध देखाइएको। जुन परिवारले यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्छ ।
फिल्ममा अल्पसंख्यक समुदायकै कलाकारसहित आकांक्षा कार्की, पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग लगायतको अभिनय छ । दुई नेपाली कम्पनी अन्डरग्राउन्ड टकिज नेपाल र जयन्ती क्रियसन्ससँगै फिल्ममा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको लगानी छ । यसअघि शाहको सर्ट फिल्म ‘लोरी’ पनि कान्समा छनोट भइसकेको छ। जसले कान्सको ७५ औं संस्करणमा स्पेशल मेस्सन जित्दै इतिहास रचेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा
काठमाण्डौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष थिए । यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौँ महाधिवेसनक...
उत्तम–निरुता फेरि सँगै, ‘सारथी’को छायांकन म्याग्दीबाट सुरु हुँदै
काठमाडौँ । निर्देशक कुमार गजुरेलको पहिलो निर्देशनमा बन्न लागेको फिल्म ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा पूजा गरी निर्माण टिम छायांकनका लागि म्याग्दी पुगेको हो ।
वैशाख ९ गतेदेखि गुर्जा खानी आसपासका क्षेत्रम...
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...
बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद
काठमाडौँ । बाढीपीडितलाई सहयोग गर्न भारतीय बलिउड अभिनेता सोनू सूद काठमाडौँ आइपुगेका छन् । बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी मंगलबार काठमाडौँ आएका हुन् ।
‘सञ्जोक कार्कीको मेसेजले गर्दा मैले देश छाडेर अस्ट्रेलिया भाग्नु पर्यो’ : अभिनेत्री उषा रजक
काठमाडौँ । अभिनेत्री उषा रजकले आफूमाथि भएको निरन्तरको अनलाइन उत्पीडन र मानसिक तनावका कारण देश छोडेर अस्ट्रेलिया जानु परेको दाबी गरेकी छन् । शनिबार फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले सञ्जोक कार्की नामक व्यक्तिको साइबर ह्यारेसमेन्ट र धम्कीपूर्ण व्य...
विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक
काठमाण्डौँ । नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो ।
रामकृष्णा ख...



