आइतबार, २१ भदौ २०८३
नेपाली

एसिसी प्रिमियर कप : लगातार तेस्रो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग भिड्दै

Main News Image

काठमाडौँ ।  एसियन क्रिकेट काउन्सिल एसिसी प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत समूह चरणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियाको सामना गर्दैछ । मलेसियाको वायुमास ओभरलमा जारी प्रतियोगितामा नेपाल र साउदीबीचको यो प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान ७:१५ बजेदेखि सुरु भएको छ ।

प्रतियोगितामा सुखद सुरुआत गरेको नेपाली टोली लगातार तेस्रो जित दर्ता गर्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। यसअघि खेलिएका आफ्ना पहिलो दुई खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई छ विकेटले पराजित गरेको थियो।

दुई खेलबाट चार अंक जोडेको समूह ‘ए’ को नेपाल तालिकाको दोस्रो स्थानमा छ । अर्कोतर्फ, तीन खेलमध्ये दुईमा हार र एकमा जित निकालेको साउदी अरेबिया दुई अंकका साथ समूहको पुछारतर्फ छ ।

mediabaaji add

सम्बन्धित खबर

टी–२० विश्वकपमा आज श्रीलंका–इङ्गल्याण्ड तथा भारत–दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपमा शनिबारदेखि सुपर आठका खेलहरू शुरू भएका छन् । शनिबारको पहिलो खेल नतिजाविहीन भएको छ । खराब मौसमका कारण पाकिस्तान र न्यूजिल्याण्डबीचको खेल नतिजाविहीन भएको हो । एक बल पनि नखेली खेल र...

विश्वकप फुटबल : सेनेगलमाथि फ्रान्सको शानदार जित, एम्बाप्पे चम्किए

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगलमाथि रोमाञ्चक जित दर्ता गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३,१ गोल अन्तरले पराजित गरेको हो। प्रतिस्पर्धात्...

राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य

काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...

आईपीएल : राजस्थान रोयल्सको सानदार जित, बेंगलुरु ६ विकेटले पराजित

काठमाण्डौँ । गुवाहाटी इण्डियन प्रिमियर लिग आईपीएल २०२६ को १६औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको छ । गुवाहाटीको बरसापारा स्टेडियममा भएको खेलमा बेंगलुरुले दिएको २०२ रनको बलियो लक्ष्यलाई राजस्थानले १८ ओभरमै...

एनपीएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् । बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस...

इंल्यान्डलाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा

काठमाण्डौँ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को रोमाञ्चक सेमिफाइनल खेलमा इंल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टास्थित मर्सिडीजबेन्ज स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले इंल्यान्डमाथ...