एसिसी प्रिमियर कप : लगातार तेस्रो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग भिड्दै
काठमाडौँ । एसियन क्रिकेट काउन्सिल एसिसी प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत समूह चरणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियाको सामना गर्दैछ । मलेसियाको वायुमास ओभरलमा जारी प्रतियोगितामा नेपाल र साउदीबीचको यो प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान ७:१५ बजेदेखि सुरु भएको छ ।
प्रतियोगितामा सुखद सुरुआत गरेको नेपाली टोली लगातार तेस्रो जित दर्ता गर्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। यसअघि खेलिएका आफ्ना पहिलो दुई खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई छ विकेटले पराजित गरेको थियो।
दुई खेलबाट चार अंक जोडेको समूह ‘ए’ को नेपाल तालिकाको दोस्रो स्थानमा छ । अर्कोतर्फ, तीन खेलमध्ये दुईमा हार र एकमा जित निकालेको साउदी अरेबिया दुई अंकका साथ समूहको पुछारतर्फ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमण सकेर राजीनामा दिने मुडमा
काठमाडौँ । खेलकुदमन्त्री बलु गुप्ताले अमेरिका भ्रमण सकेर राजीनामा दिने भएका छन् । राजनीतिमा होमिने गरेका मन्त्री गुप्ता अमेरिकाबाट फर्केपछि राजीनामा दिने मुड बनाएका उनीनिकट स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले अमेरिका भ्रमण स्वीकृत गरिसके...
आईसीसीले स्कटल्यान्डलाई दियो मौका, बंगलादेश विश्वकपबाट बाहिर
काठमाडौँ । स्कटल्यान्ड आईसीसी टी–२० वरीयतामा १४औँ स्थानमा छ । र, अघिल्लो विश्वकपमा स्कटल्यान्डको प्रदर्शन राम्रो थियो । सन् २०२१ को विश्वकपमा स्कटल्यान्डले बंगलादेशलाई नै हराएको थियो । सोही प्रदर्शनका आधारमा स्कटल्यान्डलाई मौका दिइएको हो । स्कटल्य...
खेलाडीको नयाँ वर्गीकरण,पहिलो पटक ‘ए प्लस’ श्रेणी थप
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता सेन्ट्रल कन्ट्रयाक्ट र पारिश्रमिकको नयाँ संरचना सार्वजनिक गरेको छ । सन् २०२५,०२६ को घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीहरूको स...
टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै
काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ ।
यसअघि नेपालले मुम्बईमा एमसीए प...
आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली टोली सुपर ८ दौडबाट बाहिरिए
काठमाण्डौँ । भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ।
आइतबार भएको समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल सुपर ८ दौडबाट...
एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल
काठमाडौँ । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । टस जितेको नेपालले मल...



