नेपाल कृषि सहकारी केन्द्रीय संघमा नयाँ नेतृत्व चयन अध्यक्षमा उप्रेती
काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित भएका छन् ।
यस अघि १५ सदस्य सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक एक जना निर्वाचित हुने व्यवस्था अनुसार वागमतीबाट एकराज उप्रेती, गण्डकीबाट कृष्ण वावु श्रेष्ठ, लुम्बिनीबाट पूर्ण शर्मा र सुदूरपश्चिमबाट धर्म कुँवर निर्विरोध निर्वाचित भएका थिए । यसैगरी प्रदेशको प्रतिनिधित्व अन्र्तगत कोशी, मधेस र कर्णालीमा निर्वाचन भएको थियो । कोशीबाट इन्दिरा निरौला ४५ मत सहित विजयी भए । कोशीमा उनका प्रतिद्धन्दी खगेन्द्रराज भण्डारीले ४१ मत प्राप्त गरे । यसैगरी मधेस प्रदेशमा मिश्रलाल सहनी ५६ मत सहित विजयी भए । मधेस प्रदेशका अन्य उम्मेदवार राम सोभित यादवले २०, दिपेन्द्र कुमार यादवले १२, राम चन्द्र यादवले ५ र शम्भु नाथ यादवले ३ मत प्राप्त गरेका थिए ।
यसैगरी कर्णाली प्रदेशमा २८ मतका साथ धर्मराज थापा निर्वाचित भए । उनका प्रतिद्धन्दी चाँदनी ढकालले २६ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी खुल्ला सञ्चालकमा चिरञ्जीवी के।सी। ३७७, सुखदेव न्यौपाने ३६२, हरी बहादुर बस्नेत ३३५, हरी बहादुर अधिकारी ३२५ मत प्राप्त गरि विजयी हुनुभयो । अन्य उम्मेद्धवार सुमन नेपाल २२१ र नारायण प्रसाद खनालले २४१ मतप्राप्त गर्नुभएको थियो । यसैगरी महिला सञ्चालकमा गीता केसी ४१५, मीना कुमारी ढकाल ४०१, देवकी कुमारी भण्डारी ३२३ र गोमा देवी आचार्य २५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी उहाँका प्रस्प्रिर्धी झुपा पाण्डेले २१३, नयन कला खड्काले १२० र कमला कुमारी रिमालले १५६ मत प्राप्त गर्नुभयो ।
४ वर्षे कार्याकालका लागि निर्वाचित १५ जना सञ्चालकलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । केन्द्रीय संघको सञ्जालमा अहिले १ हजार १ सय ५१ सदस्य संस्था रहेका छन् । संघले ७७ जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गरी ९ लाख घरपरिवारका सदस्य किसानहरुलाइ सेवा प्रवाह गर्दै आएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो । हल्का हिमपातसँगै पाथीभरा क्षेत्...
फेवातालमा कार खस्यो, एक जनाको मृत्यु
कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो ।
घटनामा स्याङ्जा फेदीखोला...
रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, कम्पनी, क्लब,...
बिहानै हल्लायो पूर्व, ताप्लेजुङ र पाँचथरको सीमामा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । ताप्लेजुङ र पाँचथरको सीमामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठो...
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
रामेछाप । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेक...



