बिहिबार, १२ कात्तिक २०८३
नेपाली

नेपाल कृषि सहकारी केन्द्रीय संघमा नयाँ नेतृत्व चयन अध्यक्षमा उप्रेती

Main News Image

काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित भएका छन् ।  

यस अघि १५ सदस्य सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक एक जना निर्वाचित हुने व्यवस्था अनुसार वागमतीबाट एकराज उप्रेती, गण्डकीबाट कृष्ण वावु श्रेष्ठ, लुम्बिनीबाट पूर्ण शर्मा र सुदूरपश्चिमबाट धर्म कुँवर निर्विरोध निर्वाचित भएका थिए । यसैगरी प्रदेशको प्रतिनिधित्व अन्र्तगत कोशी, मधेस र कर्णालीमा निर्वाचन भएको थियो । कोशीबाट इन्दिरा निरौला ४५ मत सहित विजयी भए । कोशीमा उनका प्रतिद्धन्दी खगेन्द्रराज भण्डारीले ४१ मत प्राप्त गरे । यसैगरी मधेस प्रदेशमा मिश्रलाल सहनी ५६ मत सहित विजयी भए । मधेस प्रदेशका अन्य उम्मेदवार राम सोभित यादवले २०, दिपेन्द्र कुमार यादवले १२, राम चन्द्र यादवले ५ र शम्भु नाथ यादवले ३ मत प्राप्त गरेका थिए । 

यसैगरी कर्णाली प्रदेशमा २८ मतका साथ धर्मराज थापा निर्वाचित भए । उनका प्रतिद्धन्दी चाँदनी ढकालले २६ मत प्राप्त गर्नुभएको थियो । 

यसैगरी खुल्ला सञ्चालकमा चिरञ्जीवी के।सी। ३७७, सुखदेव न्यौपाने ३६२, हरी बहादुर बस्नेत ३३५, हरी बहादुर अधिकारी ३२५ मत प्राप्त गरि विजयी हुनुभयो । अन्य उम्मेद्धवार सुमन नेपाल २२१ र नारायण प्रसाद खनालले २४१ मतप्राप्त गर्नुभएको थियो ।  यसैगरी महिला सञ्चालकमा गीता केसी ४१५, मीना कुमारी ढकाल ४०१, देवकी कुमारी भण्डारी ३२३ र गोमा देवी आचार्य २५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी उहाँका प्रस्प्रिर्धी झुपा पाण्डेले २१३, नयन कला खड्काले १२० र कमला कुमारी रिमालले १५६ मत प्राप्त गर्नुभयो ।  

४ वर्षे कार्याकालका लागि निर्वाचित १५ जना सञ्चालकलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । केन्द्रीय संघको सञ्जालमा अहिले १ हजार १ सय ५१ सदस्य संस्था रहेका छन् । संघले ७७ जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गरी ९ लाख घरपरिवारका सदस्य किसानहरुलाइ सेवा प्रवाह गर्दै आएको छ । 


mediabaaji add

सम्बन्धित खबर

पोर्चुगलमा तनहुँका युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

काठमाण्डौँ । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् ।...

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्...

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

काठमाडौँ । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता कोडलाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्मा...

कालिञ्चोक भगवतीमा दर्शनार्थीहरु

काठमाण्डौँ । कालिञ्चोक भगवती मन्दिरमा भक्तजनहरूको चहलपहल बाक्लिएको छ । मौसम सफा रहेकाले दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ। मन्दिर परिसरमा टाढाटाढाबाट आएका श्रद्धालुहरू पूजा–आराधना तथा दर्शनका लागि पालो कुरिरहेका छन् ।

पछि...

सडकमा धुलो झारेर प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडकमा धुलो खसालेर वातावरण प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका वडा नं १५ किमाडोलस्थित निर्माणाधीन आवासीय घरमा आवश्यक सावधानी नअपनाई निर्माण सामग्री ओसारपसार गर्दा सडकमा धुलो खसाले...

महाकवि देवकोटाको ११७ औं जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक...