मौसम पूर्वानुमान र सूचना प्रणाली आधुनिक बनाउन आवश्यक : मन्त्री सिन्हा
काठमाडौँ । कानून मन्त्री अनीलकुमार सिन्हाले मौसम सम्बन्धी जानकारी समयमै प्राप्त गर्न पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने औंल्याएका छन् । विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हालले हाल चुनौतीको अवस्था रहेको औल्याउँदै जल तथा मौसम सम्म्वैज्ञानिक जानकारी समयमै प्राप्त हुनेगरी पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अयत्नतै जरुरी रहेको बताएका हुन् ।
उनले पूर्व सूचना प्रणाली सिस्टमलाई अझ सुदृढ पार्न जोखिमयुक्त समुदायलाई समयमै सूचना पु¥याउने कामलाई प्राथमिकतामा राखेको बताए । उनले पूर्व अनुमान प्रणाली अझ वैज्ञानिक र प्रभावकारी बनाउन मौसमरविद्हरुको अवलोकन गर्ने उपकर विस्तार साथै सञ्चालन र व्यवस्थापनलाई प्राथमिकतामा राखी आधुनिक प्रविधिको प्रयोग गरेर सत्यतथ्यमा बढी जोड दिएको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
आज देशभर मौसम सफा रहने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश,...
देशभर मौसममा बदलाव : मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा विभिन्न वायु प्रणालीहरूको संयुक्त प्रभावका कारण मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित भएको न्यून च...
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्...
तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशक...
कृष्णभीरमा यसरी भइरहेछ छ नयाँ बाटोको काम, भदौभित्रै खुलाउने तयारी
काठमाण्डौँ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ । काठमाडौँ जोड्ने प्रमुख लाइफलाइन मानिने राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ मा त्रिशुलीले सडकको बेस नै कटान...
तिब्बतमा पहिरोले थुनिएर बनेको विशाल ताल फुट्यो, भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम
रसुवा । चीनको तिब्बतस्थित ल्हेन्दी नदीको माथिल्लो भागमा हिमपहिरोपछि नदी थुनिएर बनेको ठूलो प्राकृतिक ताल फुटेको छ। चिनियाँ अधिकारीहरूले उक्त ताल फुटेको औपचारिक जानकारी नेपाली पक्षलाई गराएका छन् । तिब्बतको छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको...



