बुधबार, ११ कात्तिक २०८३
नेपाली

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

Main News Image

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा अवस्थित यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दै गएको छ ।

समुद्री सतहबाट करिब तीन हजार ३०० फिट उचाइमा रहेको मन्दिर पुग्न दाउन्ने बजारबाट करिब आधा घण्टा उकालो यात्रा गर्नुपर्छ । यहाँ पूजाआराधना गर्दा मनोकामना पूरा हुने विश्वासका कारण देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । भारतीय सीमा क्षेत्र नजिक पर्ने धार्मिकस्थल भएका कारण भारतबाट पनि भक्तजन यहाँ आउने गर्दछन् । 

स्थानीयका अनुसार पाल्पाका राजा मणिमुकुन्द सेनको समयदेखि यस क्षेत्रको धार्मिक महत्व रहँदै आएको जनश्रुति छ । यसकारण दाउन्ने देवी मन्दिर ऐतिहासिक मन्दिरका रूपमा परिचित रहेको दाउन्ने देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिहर सुवेदीले बताए । विशेषगरी बडादसैँ, चैतेदसैँ, श्रीपञ्चमी तथा अन्य पर्वका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । दाउन्ने देवी मन्दिरलाई शक्तिपीठका रूपमा पूजाआराधना गर्ने गरिएको अध्यक्ष सुवेदीले बताए । विवाह, व्रतबन्धलगायत कार्य गर्नका लागि पनि स्थानीयहरू मन्दिरमा आउने गरेको सुवेदीले बताए ।


यस क्षेत्रमा लक्ष्मीनारायण मन्दिर, शिवालय, गायत्री मन्दिर, गुम्बालगायत धार्मिकस्थल पनि छन् । दाउन्ने देवी मन्दिर व्यवस्थापन समितिले गौशालासमेत सञ्चालन गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । सार्वजनिक बिदाका दिन यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको उनले बताए । “दसैँका बेला यहाँ भक्तजनको ठूलो घुइँचो लाग्छ भने अन्य समयमा सार्वजनिक बिदाका दिनमा उल्लेख्य भक्तजन आउने गर्छन्”, अध्यक्ष सुवेदीले भने।


प्राकृतिक रूपमा सुन्दर स्थान भएकाले धार्मिक यात्रामात्र नभई घुमफिरका लागि पनि मानिसहरू यहाँ आउने गरेको उहाँको भनाइ छ । अध्यक्ष सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा दाउन्ने देवी मन्दिर पनि सूचीकृत गरिएको छ । तर राज्यस्तरबाट मन्दिरको विकासका लागि खासै चासो नदिइएको उनले बताए ।


mediabaaji add

सम्बन्धित खबर

गोकर्णेश्वरमा पौषकृष्ण औँसीको श्राद्ध गर्न घुइँचो

काठमाडौँ । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी(गोकर्ण(सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ ।

सो मार्गमा...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पर्सा । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीे विष्णुप्रदीप बस्यालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर द...

गीता जयन्ती पर्व मनाइँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने...