आइतबार, ०७ भदौ २०८३
नेपाली

नेशनल लाइफको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ भव्य रूपमा सम्पन्न, उत्कृष्ट शाखा र प्रमुख सम्मानित

Main News Image

काठमाडौँ । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ब्रान्च म्यानेजर्सलाई सम्मान गर्दै चालु आर्थिक वर्षका व्यावसायिक रणनीति, व्यवसाय विस्तार तथा कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी छलफल र प्रशिक्षणसहितको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ भव्य रूपमा सम्पन्न गरेको छ ।

गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा आयोजित चारदिने सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको सम्मेलनमा अधिकतम प्रथम बीमाशुल्क संकलनलगायत विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा तथा ब्रान्च म्यानेजर्सलाई समेत सम्मान तथा प्रोत्साहन गरिएको थियो ।

कार्यक्रममा कम्पनी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कर्मचारीहरूले गरेको मेहनत र कार्यसम्पादनको प्रशंसा गर्दै उनीहरूलाई हौसला प्रदान गरिन् । उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गर्दै उनले भनिन्, ‘हामी तपाईँहरूको मेहनतको सम्मान गर्दछौं । निरन्तर सफलताको लागि पनि कामना गर्दैछौं ।’ उनले कर्मचारीहरूको योगदानले कम्पनीको प्रगति र आगामी यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रिले विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्न सफल ब्रान्च म्यानेजर्स तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे ।  ‘नेशनल लाइफको वित्तीय अवस्था पनि एकदम बलियो बन्दै गएको छ र आउँदो दिनमा अझ सशक्त भएर अगाडि बढ्नुपर्छ’ सीईओ खत्रिले भने, ‘हामी नयाँ आर्थिक वर्षको सुरुवातसँग नयाँ यात्रा, नयाँ संकल्प, नयाँ अवसरमा एकजुट भएर उभिएका छौं । यो हाम्रो क्यालेन्डर परिवर्तन भएको दिन मात्रै होइन, यो हाम्रो सोच, हाम्रो प्रतिबद्धता, हाम्रो भविष्यलाई अझ उचाइमा पुर्‍याउने प्रण गर्ने सुअवसर पनि हो ।’


mediabaaji add

सम्बन्धित खबर

अर्थतन्त्र विस्तार गर्न सरकार र बैङ्कहरूबीच सहकार्य अपरिहार्य छः अर्थमन्त्री

काठमाण्डौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैङ्कहरू एकापसमा मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे आज अर्थ मन्त्रालयले आयोजना गरेको वा...

सुनको मूल्य १२ सयले घट्यो !

काठमाडौँ  । स्थानीय बजारमा सुनको मूल्य तोलामा १२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ६ हजार सात सय कायम भएको छ । मंगलबार एक तोला सुन तीन लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको...

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाण्डौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैस...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार छापावाल सुन...

साताभर ३७.६३ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

काठमाडौँ । यस साता नेप्से परिसूचक ३७.६३ अंकले घटेर २६७१.०७ विन्दुमा आईपुगेको छ । गत साता २७०८.७० विन्दुमा बन्द भएको नेप्से यो साता ३७।६३ अंक घटेर २६७१.०७ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमा चार कारोबार दिन नेप्से...