मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

नेशनल लाइफ इन्स्योरेन्सको तीनदिने ‘Employee Skill Enhancement Program’ पोखरामा सम्पन्न

Main News Image

पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीको सीप, दक्षता र प्रविधिगत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तीनदिने Employee Skill Enhancement Program पोखरामा सम्पन्न गरेको छ । ‘Transitioning to the Age of Artificial Intelligence’ विषयमा आयोजित कार्यक्रममा देशभरका शाखा तथा केन्द्रीय कार्यालयका करिब २८० कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (AI), डाटा विश्लेषण, ग्राहक सेवा प्रणाली तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ।

कम्पनीकी अध्यक्ष प्रेमराज लक्ष्मी सिंहले प्रविधिको प्रयोगले बीमा व्यवसायको प्रभावकारिता र सेवा गुणस्तर बढाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीहरूलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो।


कार्यक्रममा विभिन्न प्रशिक्षण, योग अभ्यास तथा मनोरञ्जनात्मक गतिविधि पनि समावेश गरिएको थियो।

mediabaaji add

सम्बन्धित खबर

एनएमबि बैंकद्वारा ‘सफ्टपोस’ सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौँ । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । कुनै पनि सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना...

जल तथा मौसम क्षेत्र सुधारका लागि सरकारद्वारा दुई श्वेतपत्र सार्वजनिक

काठमाडौँ । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, बाढी पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन तथा विपद् जोखिम न्यूनीकरणका लागि दुईवटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र...

पोखरामा प्रचण्ड–माधवलाई सडकमा सभा नगर्न व्यवसायीको खबरदारी

पोखरा । पोखराका व्यवसायीले सडकमा सभा गर्दा व्यवसायमा असर पर्ने भन्दै विरोध गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी नेकपाले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका हुन् । उनीहरूले &ls...