आइतबार, १५ कात्तिक २०८३
नेपाली

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

Main News Image

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आन्तरिक पर्यटन प्रबद्धन गर्ने हेतुले  आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।

संस्कृती, सौहार्द र सयरको संगम भन्ने नाराका साथ २०८२, फाल्गुण र चैत्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई भरपुर मनोरञ्जन दिने गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

कम्पनीका एजेन्सी विभाग प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका ३५४ जना बरिष्ठ अभिकर्ताहरुले सहभागिता जनाएका उक्त कार्यक्रममा इन्दे्रणी ग्रुपका संचालक एवं चर्चित कलाकारहरूबाट उत्कृष्ट लोक दोहोरी तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तुतीमा सहभागि अभिकर्ताहरुले पूर्ण मनोरञ्जन लिएको र नेपालको एक मात्र क्रुजमा यात्रा गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए । 


mediabaaji add

सम्बन्धित खबर

मुलुकको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामै थपियो १ खर्ब ३२ अर्ब

काठमाडौँ । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२,८३ सुरु हुँदा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थप वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।...

नर्थ सिटी मल्टिप्रपोजले आईपीओ निष्काशन गर्ने

काठमाडौँ । नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ११ गते सोमबार काठमाडौंको टोखा–१० स्थित कम्पनीको कार्यालयमा दिउँसो ३ बजे प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।

उक्त सभाले पूँजी वृद्धि पश्चात कायम हुने जारी...

कालिन्चोक हाइड्रोपावरले फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ५५...

नेप्सेमा १७.५३ अंकको गिरावट, १४ अर्ब ५६ करोड माथिको कारोबार

काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मू...

एकसाताभित्र किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप रु ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन...

सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदी तोला...