आइतबार, १५ कात्तिक २०८३
नेपाली

नेशनल लाइफले पहिलो त्रैमासमा कमायो १४ करोड ८ लाख रुपैयाँ नाफा, बीमाकोष खर्ब नजिक

Main News Image

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा कमाएको १३ करोड ८३ लाख रुपैयाँको तुलनामा १.८१ प्रतिशतले खुद नाफा बढेको हो।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँको तुलनामा चालू आवमा झण्डै १४ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको असोज मसान्तसम्म कम्पनीको जीवन बीमाकोषमा ७५ अर्ब ७ करोड ४१ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा २४.७२ प्रतिशतले बढेर ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

यता कम्पनीको कुल आम्दानी ६ अर्ब ६९ करोड ३६ लाख रुपैयाँबाट ९।२३ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड १४ लाख रुपैयाँ पुग्दा कुल खर्च पनि ६ अर्ब ३० करोड २५ लाख रुपैयाँबाट १०.५८ प्रतिशतले बढेर ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यस कम्पनीले गत आवको तीन महीनामा आफ्ना अभिकर्ताहरूलाई ४२ करोड ६१ लाख रुपैयाँ कमिशन दिएकोमा चालू आवको तीन महीनामा झण्डै १२ प्रतिशतले बढाएर ४७ करोड ७१ लाख रुपैयाँ कमिशन दिएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी भने ३६ पैसाले घटेर १०.३० रुपैयाँमा झरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १०.६६ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३१.५४ रुपैयाँ रहेको छ। चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ र जगेडा कोषमा ६३ करोड ८० लाख रुपैयाँ सञ्चिति रहेको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैय...

चालु आवको चौमासिक अवधिमा अझै २५ स्थानीय तह बजेटविहीन

काठमाडौँ । चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्। देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।...

आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैया...

कर्जा उठाउन ऋणीको घर–घर जाने बैंकका कर्मचारीलाई पक्राउ गर्न गृहको परिपत्र

काठमाडौँ । ऋण असुलीका क्रममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक यातना दिने, दुर्व्यवहार गर्ने वा गैरकानूनी दबाब सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कारबाही गर्न गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी सीडीओलाई निर्देशन दिएको छ...

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ । ​​​​​साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९...

सोलु हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ अर्को मात्रै बाँडफाँट गर्ने गरि काम गरिरहेको जानकारी दिएका हुन् ।

क...