बुधबार, ११ कात्तिक २०८३
नेपाली

आज राष्ट्रिय भाक्का दिवस मनाइँदै

Main News Image

काठमाडौँ । राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन् । यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ ।

पहिले कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने परम्परा पछिल्लो समय अन्य जातजातिमा समेत लोकप्रिय बन्दै गएको छ । विभिन्न समुदायले भाक्कालाई रुचाउन थालेपछि यसको पहिचान र संरक्षणका लागि पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउने परम्परा सुरु गरिएको हो ।

mediabaaji add

सम्बन्धित खबर

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

इलाम । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ । विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्त परिमाणको भेटी रकम तथा धातु सङ्क...

नयाँ वर्षको दिन मात्र फुल्ने फूल हेर्न भक्तजनको चहलपहल

सिरहा । नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मेलामा भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ । मेला सुरु हुनुभन्दा दुई दिनअगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको हो ।

लहान...

उदयपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ ।  उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा  ४।३  रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उदयप...

दशरथ चन्द विश्वविद्यालयमा दुई पटकसम्म विज्ञापन गर्दा भेटिएनन् उपकुलपति

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय...

खासा क्षेत्रमा भीषण आगलागी, तातोपानी नाका आजदेखि पूर्ण रूपमा बन्द

काठमाडौँ । चीनको न्यालम खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ । आइतबार र...

हिउँको ठूलो ढिक्का खस्दा तीन पर्वतारोही पुरिए

काठमाडौँ । स्पेनको अरागोन क्षेत्रमा गएको भीषण हिउँपहिरोमा परी तीन जना पर्वतारोहीको मृत्यु भएको छ । उत्तरी स्पेनको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयअनुसार दिउँसो करिब १ बजे यो दुःखद दुर्घटना भएको हो ।

स्पेनको सिभिल गार्डका...