बुधबार, ११ कात्तिक २०८३
नेपाली

चार जना मन्त्रीको नाम टुंगो लाग्यो, आजै सपथको तयारी

Main News Image

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन्। चारै जना मन्त्रीको सपथ आजै हुने बालुवाटार स्रोतले जनाएको उनीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको स्रोतले जनाएको छ। नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसअघि विभिन्न नाममा छलफल भएपनि अन्तिममा आएर उनीहरुको नाममा सहमति जुटेको हो। चार जना मन्त्री नियुक्ति भएपनि सरकारले अझै पूर्णता पाउन सकेको छैन।

‘

mediabaaji add

सम्बन्धित खबर

कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित

काठमाडौँ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रि...

संसद भवन चैत १ भित्र हस्तान्तरण गर्न मन्त्रीको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा। डा। कुमार इङनामले निर्माणाधीन संघीय संसद भवनको काम आउँदो चैत १ गतेभित्र सकाएर हस्तान्तरण गर्न निर्देशन दिएका छन् । शुक्रबार भवनको स्थलगत अनुगमन गर्दै उनले...

कांग्रेस सभापतिमा गगन थापासहित ३ जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ। असोज २२ गते हुने निर्वाचनका लागि मुख्य पद सभापतिमा वर्तमान सभापति गगनकुमार थापासहित तीन जनाको आधिकारिक उम्मेदवारी परेको छ...