नागढुंगा-मलेखु सडक आजबाट खुला, काम जारी
काठमाडौँ । नागढुंगा– मलेखु सडक खण्ड आजबाट केही दिन खुला रहने भएको छ । नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको र धादिङको गल्छी–गजुरी खण्डमा पर्ने अप्ठ्यारो पहाड कटिङको काम भने बाँकी रहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा सडक बन्द गरेर सडक सुधारको काम गरिएको थियो ।
उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई सडक विभागले उच्च प्राथमिकतामा राखेर दोस्रो तहको कालोपत्रको काम गरेको हो । अहिले धादिङको गल्छी–गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने भन्दै नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मसिर २४ देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडकमा यातायात आवागमन बन्द हुँदै आएको थियो ।
सडक बन्द गर्दा एमाले महाधिवेशनलाई असर परेको गुनासो आएपछि २६ र २७ गते खोल्ने निर्णय गरिएको थियो । एमाले निकट युवा संघको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर केही सडक बन्द नगरिदिन आग्रह गरेका थिए । त्यसपछि दुई दिन दिउँसो कालोपत्रको काम रोकेर सडक खोलिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
आज बिस्का जात्राको दोस्रो दिन : भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै
काठमाडौँ । बिस्का जात्राको दोस्रो दिन आज भक्तपुरमा धुमधामका साथ मनाइँदै छ । आज दोस्रो दिन भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै छ । लिच्छविकालदेखि सुरु भएको यो जात्रामा आज स्थानीय बासिन्दाहरूले तौमढीस्थित भैरवनाथ र भद्रकालीको रथमा पूजाआजा गर...
कोसी र कर्णाली प्रदेशका पहाडी भू भागमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ । कोसी, कर्णाली प्रदेशका पहाडी भू...



