नबिल बैंकले चिनियाँ अदालतमा भएको त्रिशूली जलविद्युतको मुद्दा जित्यो
काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ । चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चार वटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलर बराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको छ ।
चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्रीबी आयोजनाले ठेक्का तोडेपछि चिनियाँ बैंक चाइना एभरब्राइट बैंक, छेन्दु शाखाले काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्न अस्वीकार गरेको थियो । नबिलले बैंक ग्यारेन्टी भुक्तानीका लागि सन् २०२३ डिसेम्बर १ मा आह्वानपत्र प्राप्त गरेको थियो । त्यसपछि बैंकले चाइना एभरब्राइट बैंकलाई स्वीफ्ट सन्देशमार्फत जानकारी गराएको थियो ।
तर सन् २०२३ डिसेम्बर १० मा उक्त बैंकले छेन्दु फाइनान्सियल अदालतबाट जारी भएको निषेधाज्ञा आदेशका कारण काउन्टर ग्यारेन्टीअन्तर्गतको रकम भुक्तानी गर्न असमर्थ रहेको जानकारी गराएको थियो । नबिल बैंकले भने दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई बैंक ग्यारेन्टीबापतको रकम भुक्तानी गरिसकेको थियो । त्यहाँको अदालतले सन् २०२४ जनवरी १७ मा नबिल बैंकको पक्षमा फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध सुइफा आन्हे ग्रुप कम्पनीले चोइछिङ हाइयर पिपुल्स कोर्टमा पुनरावदेन दायर गरेको थियो । उक्त मुद्दामा सन् २०२५ सेप्टेम्बर २३ मा अदालतले नबिल बैंकको पक्षमा फैसला गरेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
पठाओ र इनड्राइभका राइडरले अनिवार्य प्यान लिनुपर्ने
काठमाडौँ । सरकारले पठाओ र इनड्राइभ जस्ता राइड-सेयरिङ सेवालाई करको दायरामा ल्याउँदै मूल्य अभिवृद्धि कर भ्याट सम्बन्धी नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
आन्तरिक राजस्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक ऐन, २०८३ मार्फत भ...
बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधब...
अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट, युरो, पाउन्ड र दिनारको भाउ पनि उच्च दरमा घट्यो !
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका सबैजसो विदेशी मुद्राको विनिमयदर उच्च दरमा घटेको छ । हिजो यी सबै मुद्राको विनिमयदर...
तिहार शुरु भएसँगै बढ्यो फूलको किनबेच, पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुँदै
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शुरु भएसँगै फूलको किनबेच ह्वात्तै बढेको छ । फूल र रङको पर्वका रूपमा रहेको तिहारमा पूजाआजादेखि विभिन्न सामाजिक कार्यसम्म फूलको प्रयोग बढी हुने गर्छ ।नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ...
अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए, अमेरिकी डलरको मूल्य घट्दा
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ ।
...


