बिहिबार, २६ कात्तिक २०८३
नेपाली

लगातारको वर्षाले फेरि भत्कियो मुग्लिन–नारायणगढ सडक

Main News Image

काठमाडौँ । अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुलमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो हटाउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ ।

पहिरो हटाउने काम शुरू गरिएको र सडक खुलाउन समय लाग्ने भएकाले उक्त सडकखण्डमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । लगातारको वर्षाले देशका विभिन्न भागमा क्षति गरेको छ ।

mediabaaji add

सम्बन्धित खबर

इरानले अमेरिकालाई पठायो सधैंको लागि युद्ध अन्त्य गर्ने नयाँ प्रस्ताव

काठमाडौँ । इरानले अमेरिका र इजरायलसँग जारी द्वन्द्व ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यसहित शान्ति प्रस्ताव अघि सारेको छ । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उक्त प्रस्ताव पाकिस्तानमार्फत् पठाइएको हो । बीबीसीका अनुसार अमेरिकाबाट आएको १५...

काठमाडौंमा बढ्यो चिसो !

काठमाण्डौा । काठमाडौँ उपत्यकामा दिनप्रतिदिन चिसो बढ्दै गएको छ । वुधबार भएको वर्षाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमा...

९,००० एमएएच ब्याट्रीसहितको नयाँ स्मार्टफोन ल्याउँदै अनर

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले ९,००० एमएएच क्षमताको ब्याट्रीयुक्त स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । चिनियाँ टिपस्टर ‘डिजिटल च्याट स्टेसन’का अनुसार उक्त स्मार्टफोनमा सिलिकन कार्बन प्रविध...

चितवनमा बाढीका २२९ बेवारिसे शव गाड्ने जिल्ला प्रशासनको निर्णय, डिएनए नमुना सुरक्षित राखिने

चितवन । रसुवा बाढीका कारण नदीले बगाएर चितवनका विभिन्न स्थानमा पुर्‍याएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शवलाई जमिनमुनि गाडेर व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सङ्कलन गरिएका शवहरूमध्य...

कान्ति राजमार्गको एकान्तकुना खण्ड ६० दिनसम्म बन्द हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ । जिल्ला प्रशासनले जारी गरेको सार्...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा अति भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ ।

 जसको कारण कोशी गण्डकी र बागमती प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भ...