शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

निरन्तरको वर्षा र पहिरोले मुग्लिन-नारायणगढ सडक ठप्प, यात्रा नगर्न प्रशासनको आग्रह

Main News Image

चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बाटोको वर्तमान अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै तत्कालका लागि सो सडक खण्डमा सवारीसाधन नचलाउन सूचना जारी गरेको छ । सडक डिभिजन भरतपुरका अनुसार सडक खण्डअन्तर्गत तुइन खोलामा माथिबाट निरन्तर ढुङ्गा खसिरहेको छ भने सेती दोभान क्षेत्रमा लेदोसहितको पहिरो खसेका कारण सडक दुईतर्फी नै अवरुद्ध बनेको छ ।

सोमबार साँझ साढे ७ बजेदेखि नै उक्त क्षेत्रमा भइरहेको भारी वर्षाले सडक खुलाउने प्रयासमा चुनौती थपेको छ । सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले वर्षा नरोकिएका कारण पहिरो पन्छाउने काममा कठिनाइ भइरहेको जानकारी दिए ।


mediabaaji add

सम्बन्धित खबर

अरनिको राजमार्ग असार २२ देखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन यही असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ देखि आउँदो साउन ४...