शनिबार, ०७ कात्तिक २०८३
नेपाली

चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक

Main News Image

काठमाडौँ । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् । गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हो । संगीत किरण भुसालले र  शब्द अविरल थापाको रहेको छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमान‍का श्रीमतीहरूले गरेका गुनासालाई व्यंग्यात्मक र ठट्यौलो शैलीमा उतारिएको हो ।

गीतको भिडियो वर्षा पौडेलले निर्देशन गरेकी छन् । भिडियोमा ‘एज रिभर्सड’ कास्टिङ गरिएको हो । बयस्क महिलाहरूको भूमिकामा बालिकाहरूलाई अभिनय गराइएको छ । गीतमा नेपा डान्स एकेडेमीका १६ जना बालिकाको नृत्य रहेको हो । रोहिया महर्जनले कोरियोग्राफी गरेकी छन् ।

mediabaaji add

सम्बन्धित खबर

थानेश्वरको स्वरमा ‘लज्जावती’को गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लज्जावती’को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर रहेको गीतमा भीमकुमार ओझाको शब्दरचना छ । सन्तोष बिसीले संगीत भरेका छन् । भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाको...

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

पर्वत । साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ। जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले...

भारतीय अभिनेता प्रदीप रावत रहेनन्

काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हो । मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनको निधन भएको भारतमा रहेकी अभिनेत्री विपना थापाले जानकारी दिइन्।

मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

काठमाडौँ । गायक दुर्गेश थापा र प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।

गीतमा शिक्षक, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाप्रति अपमानजनक र अमर्यादित शब्द तथा दृश्य प्रस्त...

"जगाल्टे कान्छो" को संघर्ष र सन्देशले जित्दै दर्शकको मन

राजन अधिकारी_____________

ज्वालामुखी गाउँपालिका/धादिङ । सामाजिक सञ्जालको भीडमा मनोरञ्जनसँगै जीवनका यथार्थ, संघर्ष र मानवीय संवेदनालाई सिर्जनामार्फत प्रस्तुत गर्नु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि हो । यही सन्दर्भमा फेसबुकमा ‘जगाल...

‘धुरन्धर’ को पटकथा चोरी मुद्दामा आदित्य धरलाई राहत

काठमाण्डौँ । फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धरस् द रिभेन्ज’ मा पटकथा चोरीको आरोपमा फिल्म निर्माता सन्तोष कुमारलाई बम्बई उच्च अदालतले राहत दिएको छ ।  बुधबार अन्तरिम आदेश जारी गर्दै फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धर, द रिभेन्ज’ मा प...