मोटरसाइकल दुर्घटना : ३१ वर्षीय युवक र पछाडि सवार महिलाको पनि मृत्यु
काठमाण्डौँ । मोरङको बुढिगंगामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्तिक जुट मिल अगाडि प्रदेश १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक र पछाडि सवार दुवैको ज्यान गएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नम्बर ५ बस्ने ३१ वर्षीय प्रकाश साह र सोही मोटरसाइकलको पछाडि सवार विराटनगर महानगरपालिका वडा नम्बर १५ की ४० वर्षीया कन्चन झा रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
साँझ ७ः३० बजे भएको दुर्घटनाका दुवै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि गंगा चोकस्थित विराट टिचिङ अस्पताल पठाएको थियो । अस्पताल पुर्याएपछि चेकजाँचका क्रममा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर
महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्न...
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय...



