अज्ञात समूहको आक्रमणबाट आमा-छोराको घटनास्थलमै मृत्यु, बाबु-छोरी गम्भीर
काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका वडा नं १ रहरियाडीमा आमा छोराको हत्या भएको छ । बुधबार बिहान समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका छोरा २४ वर्षीय रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० विजयराज पण्डितका अनुसार अज्ञात व्यक्तिको आक्रमणबाट परिवारका अन्य दुई सदस्य समेत गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा ५० वर्षीय घरमुली जगरूप मण्डल र उनकी छोरी २२ वर्षीया रीनाकुमारी छन् ।
उनीहरूको अवस्था गम्भीर रहेको र परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा रिसइबीका कारण हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि हत्याको स्पष्ट कारण र संलग्न व्यक्तिहरूको पहिचान अझै हुन सकेको छैन । हत्या कसले र किन गरेको हो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।
यस घटनाले स्थानीय रहरियाडी क्षेत्रमा त्रास फैलाएको छ । घटनास्थललाई नियन्त्रणमा लिएर सुरक्षा सतर्कता बढाएको र तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी दोषीको खोजी कार्य तीव्र पारेको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रमुख आयुक्त राईलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इम...
चुनाव विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा कडा
काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचनविरोधी गतिविधि गर्ने, ‘मिस इनफरमेसन...



