शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

Main News Image

काठमाडौँ । बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन्। दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा व्यवसायका लागि उपत्यकामा बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेपछि प्रमुख नाकामा यात्रुको चाप बढेको छ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्नेमा दुई लाख २७ हजार ७५५ महिला र तीन लाख ४८ हजार ८२३ पुरुष छन्। दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उनले बताए।

नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यात्रुको चाप बढेसँगै सवारी आवागमन व्यवस्थित बनाउन ट्राफिक प्रहरीले निगरानी बढाएको छ।

mediabaaji add

सम्बन्धित खबर

म्याग्दीमा सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति : एक बेपत्ता, एक घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान सुक्खा पहिरो खस्दा एक जना कामदार बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका...

प्रेस स्वतन्त्रता र व्यावसायिकताको सवाल : आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ । संसारभरका पत्रकार र सञ्चारकर्मीहरूको हकहित था प्रेस स्वतन्त्रताको रक्षाका निम्ति आज ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् १९९...

हिमताल फुट्ने जोखिम घटाउन नेपालमा ५० मिलियन डलरको परियोजना, चार उच्च जोखिमका तालमा निगरानी

काठमाण्डौँ । नेपालले हिमताल विस्फोटबाट हुने बाढीको जोखिम घटाउन ५० मिलियन अमेरिकी डलर बराबरको परियोजना अघि बढाउने तयारी गरेको छ। परियोजनाले चार उच्च जोखिमयुक्त हिमताल ठूलागी, लोअर बरुण, लुम्दिङ त्सो र होङ्गु–२ लाई लक्षित गर्नेछ ।

परियोजनाका ल...

बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते

काठमाण्डौँ । झापा भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण...

तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु

काठमाण्डौँ । बुधबार साँझ बर्दियामा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका ११ बेलभारकी ५५ वर्षीय खिदनी थारू छिन् ।

गाउँनजिकै रहेको आफ्नो बारीमा तोरी काटिरहेको समयमा बुधबार साँझ करिब साढे ५ बजेतिर...

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बर्जुमा सडक अवरुद्ध

काठमाण्डौँ । माघे संक्रान्तिको बिहानै सुनसरीको भोक्राहानर्सिङमा भएको ट्रक दुर्घटनामा परी ५ जना मजदुरको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले सुनसरीको बर्जुमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफ्नै वडाका ५ जनाको अकालमा मृत्यु भएपछि बर्जु...