बुधबार, ११ कात्तिक २०८३
नेपाली

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बजारबाट खिच्दै

Main News Image

काठमाडौँ । बैंकिङ प्रणालीमा लगातार बढिरहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब रुपैयाँ बराबरको ९१ दिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । पछिल्ला केही महिनादेखि प्रणालीमा पर्याप्तभन्दा बढी नगद मौज्दात रहँदा बजारमा ब्याजदर घट्ने दबाब बढेको छ। त्यसलाई सन्तुलनमा राख्न केन्द्रीय बैंकले पुनः तरलता सोस्ने नीति अघि बढाएको हो ।

राष्ट्र बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ८२ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । यसअघि सोमबार र मंगलबार गरी ३० अर्ब रुपैयाँ राष्ट्र बैंक ऋणपत्रमार्फत बजारबाट खिचिए पनि तरलता उच्च नै रहेपछि थप निक्षेप संकलन उपकरण प्रयोग गरिएको हो ।  पुराना निक्षेप संकलन र स्थायी निक्षेप सुविधाका रकम परिपक्व भएर बैंकिङ प्रणालीमा फर्किएपछि तरलताको दबाब अझ बढेकाले यसपटक प्रणालीमा देखिएको अधिक तरलताभन्दा ठूलो रकमको आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

बागमती प्रदेशमा घर जग्गा कारोबार घट्दै, राजस्व संकलनमा २३.६ प्रतिशतले गिरावट

काठमाडौँ । बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा राजस्वमा असर परेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार घर, भवन नक्सापास कमी आउँदा राजस्व पनि घटेको देखिएको छ । प...

बुधबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

विदेशी मुद्राको नयाँ विनिमयदर, अमेरिकी डलर र पाउण्डको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले जारी गरेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एक...

१६६ संस्थालाई १६ प्रकारका खनिज उत्खनन गर्न अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननका लागि अनुमति प्रदान गरेको छ । स्वदेशमा रहेका खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गर्दै औद्योगिक उत्पादन र आर्थिक वृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले अन...

नेप्से परिसूचक झिनो अंकको घट्यो

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अङ्कले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्से...

बिहीबार कुन विदेशी मुद्राको विनिमयर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ...