देशभर मनसुनको प्रभाव कायमै : आज केही स्थानमा मध्यमदेखि भारी वर्षा र हावाहुरीको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव निरन्तर रूपमा कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।
यसकै प्रभावले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले मधेस प्रदेशमा आंशिक बदली रहे पनि देशका बाँकी सबै प्रदेशहरूमा साधारणतया बादल लागिरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाको अनुमान छ। कोशी, मधेस र बागमती प्रदेशका तराई भू–भागमा भने आंशिक बादल लाग्नेछ । दिउँसो देशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा, कोशीको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज यी स्थानमा ठुलो वर्षाको सम्भावना
काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। ती आसपासका क्षेत्रमा थप वर्षा हुन...
मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतय...
आज र भोलि सतर्क रहन अपिल, जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित रहन चेतावनी
काठमाडौँ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह तीव्र रूपमा बढ्दै गएकाले मनसुनी गतिविधि थप स...
बाढी र पहिरोले देशभरिको जनजीवन प्रभावित : जाजरकोट र दोलखामा दुई जनाको मृत्यु
काठमाडौँ । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । पहाडी भेगमा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै मानवीय क्षति समेत भएको छ भने तराई र भित्री मधेसका खोलाहरूमा आएको बाढीले यातायात र बस्तीहरू जोखि...
कमजोर बन्दै मनसुनी र पश्चिमी वायु, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ...
टिकटकमा जथाभावी भिडिओ हाले कारबाही हुने
काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भ्रामक सूचनारहित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’सँग औपचारिक सहकार्य सुरु गरेको छ । निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र...



