बुधबार, ११ कात्तिक २०८३
नेपाली

देशभर मनसुनको प्रभाव कायमै : आज केही स्थानमा मध्यमदेखि भारी वर्षा र हावाहुरीको सम्भावना

Main News Image

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव निरन्तर रूपमा कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

यसकै प्रभावले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले मधेस प्रदेशमा आंशिक बदली रहे पनि देशका बाँकी सबै प्रदेशहरूमा साधारणतया बादल लागिरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाको अनुमान छ। कोशी, मधेस र बागमती प्रदेशका तराई भू–भागमा भने आंशिक बादल लाग्नेछ । दिउँसो देशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा, कोशीको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ ।


mediabaaji add

सम्बन्धित खबर

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याङ्पोलमा आइतबार राति गएको पहिरोमा परी ४ महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन् ।

प्रहरीका अनुसार माइतीबाट घर फर्कने क्रममा राति करिब ९ बजे सडकमाथिबाट खसेको पहिरोले च्याप...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशक...

विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ भने हिमाली, पहाडी तथा तराईका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्ण...

चुनावमा भोट हाल्न काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो, २० गतेसम्म सवारी साधन चल्ने

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजधानी काठमाडौँबाट गृहजिल्ला फर्किने नागरिकको संख्या तीव्र रूपमा बढ्न थालेको छ । विभिन्न पेसा–व्यवसायमा आबद्ध भई उपत्यकामा बसोबास गरिरहेका मतदाता मतदानका लागि गाउँ जाने तयारीमा जु...

विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन् । शुक्रबार अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा पुगेका गृहमन्त्री गुरूङले क...

देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा विकसित भएको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र...