बुधबार, ११ कात्तिक २०८३
नेपाली

मनसुन पूर्वतयारी : चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

Main News Image

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ । विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिइन् ।

“तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ः०० र साँझ ६ः०० बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ,” उनले भनिन्, “भारी वर्षा, मेघगर्जन, चट्याङ, हिमपातजस्ता जोखिमपूर्ण मौसम अवस्थाबारे समयमै जानकारी दिन रङ्ग सूचकसहितको चेतावनी नक्सा पनि प्रकाशन गरिने छ । श्रेष्ठका अनुसार देशभरका स्वचालित जल तथा मौसम मापन केन्द्रबाट प्राप्त तथ्याङ्क वास्तविक समयमा विभागको ‘वेबसाइट’मार्फत सार्वजनिक गरिनेछ । 


mediabaaji add

सम्बन्धित खबर

हिमाली क्षेत्रमा हल्का हिमपात र तराईका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

<...

ललितपुरमा ट्रक दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु

काठमाडौँ । ललितपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति नौ बजेटिर मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

ईँटा लिएर ज...

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भ...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती,गण्डकी र लुम्बिनी...