मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
काठमाण्डौँ । आज तराईसहित उपत्यका क्षेत्रमा तुँवालो लागेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तराई भाग र काठमाण्डौसहित उपत्यका क्षेत्रमा वायु प्रदूषण बढ्न सक्ने अनुमान छ । वायु प्रदूषणबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेक...
अरनिको राजमार्ग असार २२ देखि १५ दिन राति बन्द गरिने
काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन यही असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ देखि आउँदो साउन ४...



