देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्या हट्यो
काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकममा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले...
देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेख...
स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेरसम्बन्धी प्रारम्भिक मस्यौदामा राय तथा सुझाव माग गरेको छ । मन्त्रालयले वैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह र सरोकारवाला निकायल...
मुग्लिन–पोखरा सडक १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने, यी हुन् वैकल्पिक मार्ग
काठमाडौँ । मुग्लिन–पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजन...
देशभर मौसममा बदलाव : मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा विभिन्न वायु प्रणालीहरूको संयुक्त प्रभावका कारण मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित भएको न्यून च...
बिहीबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ ।
मौसम पूर्व...



