देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेकाले हाल देशभर सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अहिले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका हिमाली भूभागका थोरै स्थानसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, मधेस र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ । दिउँसो देशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
काठमाडौँ । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका ३ भालुखोलास्थित कान्तिलोकपथ...
कुलेखानी जलाशयको जलसतह नियन्त्रणमा, बाँधका ढोका खोल्नुपर्ने अवस्था छैन
काठमाडौँ । कुलेखानी जलाशयमा हाल जलसतह नियन्त्रणभित्र रहेको र तत्काल बाँधका ढोका खोल्नुपर्ने कुनै जोखिम नरहेको नेपाल विद्युत प्राधिकरण, कुलेखानी आयोजनाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिनअनुसार असोज ७ देखि ११ गतेसम्म परेको भारी वर...



