मोहन बस्नेत भन्छन्_ गगनसँग सति जान सकिँदैन, अब अर्को पार्टी बनाउनुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रूपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन्। इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस बलियो नभए मुलुक दुर्घटनामा जाने बताए ।
उनले भने, ‘प्रदेश भेला गरिसक्यौँ। आज केन्द्रीय भेला राख्नुपर्छ, पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो, गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान दिइनेछैन ।’ उनले गगन थापाको नेतृत्वमा चुनावमा गएका कारण पार्टी खरानी भएको दाबी गरे। साथै, गगनले काठमाडौं(४ बाट मात्र चुनाव लडेको भए जमानत जफत हुने जिकिर समेत गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा
काठमाडौँ । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७६औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग...
कांग्रेस विवाद : सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित, ८ सदस्यीय सचिवालय गठनसहित ११ निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बुधबार बसेको केन्द्रीय समितिको बैठकले शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको हो ।
बैठ...
जेनजी आन्दोलनका हाइज्याकर गृहमन्त्री बन्दै!
भाद्र २४ गते भएको जेनजी आन्दोलनमा पानी बाँड्न भनेर पुगेका र आन्दोलन हाइज्याकको आरोप लागेका सुदन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको जानकारी प्राप्त भएको छ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले १५ सदस्यीय नयाँ मन्...
जनता सचेत र जागरूक नभए फेरि सङ्कट आउन सक्छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता सचेत र जागरूक नभए देशमा पुनः ठूलो सङ्कट उत्पन्न हुनसक्ने चेतावनी दिएका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभामा उनले यस्तो...
दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण देखाउन सर्वोच्चको आदेश
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी थुनामा राख्नुको कारण र आधार खुलाई लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै परेको बन्दीप्रत्यक्षीकरण रि...



