सर्वपक्षीय छलफलबारे मन्त्री पुनको टिप्पणी : ‘नेपालीको सल्लाह, खरानीको डल्ला’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीले निर्वाचनमा मत दिने सम्भावना नरहेको बताएका छन् । सोमबार प्रधानमन्त्री शुसीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री पुनले छलफलमा कुनै उपलब्धि नभएको स्पष्ट पारे । ‘आजको छलफलप्रति तपाइँले चित्त दुखाइरहनु भएको थियो, किन हो ?’ भन्ने प्रश्नमा मन्त्री पुनले ठट्यौली पारामा भने, ‘नेपालीको सल्लो, खरानीको डल्लो ।’ उनले छलफल उपलब्धिविहीन भएको पारामा भने, ‘आजको सल्लाह चाहिँ खरानीको डल्ला जस्तो भयो। विदेशमा बस्ने नेपालीले चुनावमा भोट दिन पाउने अवस्था छैन । ल अब विदेशमा बस्ने नेपालीले के के अभियान चाल्नुपर्ने हो, तपाइँहरूको आ– आफ्नो क्षेत्रबाट के के अभियान चाल्नुपर्ने हो, चाल्नुहोस् ।’
प्रधानमन्त्री काकीले निर्वाचन तयारीबारे छलफल गर्न विभिन्न राजनीतिक दल, निर्वाचन आयोग तथा सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएकी थिइन् । छलफलमा सबै पक्षले आ–आफ्ना धारणा राखेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
सभापति गगन थापा मधेसबाट चुनाव लड्ने भएपछि जनकपुरमा सभा गर्दै कांग्रेस
काठमाण्डौँ । पहिलोपटक मधेसबाट प्रतिनिधि सभा चुनाव लड्न लागेका आफ्ना सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले जनकपुरमा चुनावी सभा गर्ने भएको छ ।
कांग्रेसका प्रदेश सभापति कृष्ण यादवले दिएको जानका...
क्यान अध्यक्ष चन्दलाई हराउँदै बैतडीमा रास्वपाका हरि मोहन भण्डारी विजयी
काठमाडौँ । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि मोहन भण्डारी विजयी भएका छन् । उनी २२ हजार १३४ मतसहित विजयी भएका हुन् । नेपाली कांग्रेसकानेता एवम् नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द १८ हजार १९४ मतसहित दोस्रो स्था...
उज्यालो नेपालसहित तीन पार्टीबिच एकताको तयारी
काठमाडौँ । कुलमान घिसिङको साथ रहेको भनिएको उज्यालो नेपाल पार्टीसहित तीन पार्टी एकीकरणबारेको गृहकार्यमा जुटेका छन् । उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकता गर्नेगरी छलफलमा जुटेका हुन् । नागरिक...



