सिलिन्डर लगेका स्थानीयलाई फिर्ता गर्न प्रहरीको माइकिङ
मुग्लिङ । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर निकालेर लगेका स्थानीयलाई प्रहरीले ती सिलिन्डर फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले मुग्लिङ क्षेत्रमा माइकिङ गर्दै बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर तथा अन्य सामग्री आफूसँग नराखी सम्बन्धित निकायलाई फिर्ता गर्न आग्रह गरेको हो ।
प्रहरीले सिलिन्डर फिर्ता नगरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ । बाढीका कारण विभिन्न स्थानबाट बगाएर ल्याइएका सामान फेला परेमा आफूखुसी लैजान तथा प्रयोग नगर्न प्रहरीले स्थानीयलाई सचेत गराएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?
काठमाडौँ । २०८३ साल साउन १८ गते सोमबार सन् २०२६ अगष्ट ३ तारिख। साउन कृष्ण पक्षको पञ्चमी तिथि । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।
शिवका लागि समर्पित सोमबार...
बौद्ध गेटअगाडि महिलाको आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो
काठमाडौँ । बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी छिन्। आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ । काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबा...
भोटेकोशी बाढीको १३औं दिन : राष्ट्रिय शोकमा देश, झण्डा आधा झुकाइने
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले आज सोमबार देशभर राष्ट्रिय शोक मनाउँदै छ ।
घटनाको १३औँ दिनमा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउन देशभरका सरकारी कार्...
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
काठमाडौँ । शैक्षिकसत्र २०८३र८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुनः आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका र अन्तिम मनोनयन र्यापअपमा समावेश हुन चाने पर...
सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विषयविज्ञ नियुक्त
काठमाडौF . शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटिको प्राज्ञिक गरिमालाई उच्च बनाउन एकेडेमिक काउन्सिलमा चार जना विषयविज्ञहरूलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।
मन्त्रालयले सूचना प्रविधि, उद्...
बीपी उद्यान क्षेत्रमा चल्यो डोजर !
पर्सा । पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार...



