बुधबार, ११ कात्तिक २०८३
नेपाली

नेवार समुदायमा  म्हः (आत्म) पूजा गरिँदै

Main News Image

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा  म्हः आत्म पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म  म्हः पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने  र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ । यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म ९म्हः० पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

मंसिर २० देखि हेटौँडाको राजमार्ग आसपासका घर भत्काउने तयारी, २० वटा हेभि उपकरण तयारी अवस्थामा

काठमाडौँ । भोलि मंसिर २० गतेदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रका घरहरू भत्काइने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभु...

दशैं बिदा र अनुकूल मौसमले सौराहामा पर्यटकको चहलपहल बढ्यो

चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा दसैँ बिदा र अनुकूल मौसमका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ। बाढीपहिरो र सडक अवरुद्धताका कारण केही महिना सुस्ताएको यहाँको पर्यटन व्यवसाय पछिल्लो समय एकाएक फस्टाएपछि व्यवसायीहरू उत्साहित ब...

काठमाडौंमा दिनदहाडै घरभित्रै चितुवाको आक्रमण, दुई जना घाइते

काठमाडौँ । काठमाडौंको एक घरमा चितुवा पसेको छ । तारकेश्वर नगरपालिका–९ स्थित स्थानीय अनोजमणी अधिकारीको घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ ।

दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका छन् । दुलाल महर्जनलाई...

भोटेकोशी-त्रिशूली बाढीको उद्धार कार्य स्थगन गर्ने निर्णय

काठमाडौँ । सरकारले अत्यावश्यक बाहेकका अन्य अवस्थाका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको टोली परिचालन तथा खोज र उद्धारको चरणलाई हालका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरि...

मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै

जनकपुर । मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाइटिकाको एक दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् । यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवानलाई चढाउने गरि...

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स...