बुधबार, ११ कात्तिक २०८३
नेपाली

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्झौता सम्पन्न

Main News Image

काठमाण्डौँ । आकर्षक बोनसदर सहित विगत ३७ वर्ष देखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउने गरी मिति २०८३÷०१÷०९ गते, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्वन्धमा सम्झौता सम्पन्न भयो । 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुरुप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवाश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई १० प्रतिशत छुट सुविधा सहित सहुलियत दरमा स्वाश्थोपचार सुविधा उपलव्ध गराउने व्यवस्था गरिएको छ । यस प्रकारको सम्झौताबाट कम्पनीका सरोकारवाला वर्गहरुले लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

हिमालयन बैंकको १२ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौँ । हिमालयन बैंकको १२ लाख ८२ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १२ लाख ८२ हजार ५८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।...

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

भद्रपुर । चालु आर्थिक वर्ष २०८२–०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दु...

नेप्सेमा १०.२५ अंकको गिरावट, ८ अर्ब ६१ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक  १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाखको सेयर कारोबार भएको छ । आज ७४ कम्पनीको स...