बिहिबार, १२ कात्तिक २०८३
नेपाली

सरकारले जागिर लगाइदिने आशामा सहिद पत्नी मञ्जु

Main News Image

सुनसरी । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएको इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन । गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे । उनी घर बनाउने काम गर्दा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसेका थिए । एकछिन बजार पनि पुगेर आउने अनि खुट्टा पनि सामुदायिक स्वास्थ्य केन्द्रमा देखाएर आउँछु भनेर श्रीमती मञ्जुसँग कुरा गरेर उनी घरबाट निस्किएका थिए तर कहिल्यै नआउने गरी अस्ताए । साँझ अबेरसम्म पनि नफिर्किएपछि श्रीमती मञ्जुले श्रवणलाई सोध्दा दिउँसै छुटिएको र पछि खोज्दा आफूले फेला नपारेको श्रवणले बताए। ‘खै मोहन त कता जानुभयो, बजारमा आन्दोलन रहेछ, त्यो भिडभाडमा हामी छुट्टियौँ, पछि सम्पर्क हुन सकेन ।’ श्रवणका कुराले मञ्जुको मनमा चिसो पस्यो ।

अनि फोन लगाउन थालिन् । फोन ‘स्वीच अफ’ थियो । आफन्त र गाउँका सबैलाई हारगुहार गरिन् । तर, सबैले हाइहाल्नुहुन्छ नी भन्ने जवाफ दिए । उनले पनि बेलुकासम्म त आउनुहुन्छ होला भनेर सोचिन् । तैपनि मन बेचैन भइरह्यो । फेसबुक खोलेर बेलाबेलामा हेर्थिन् त्यही फेसबुकमा गोली लागेर ढलेको भनेर आफ्नै श्रीमान्को भिडिओ देखेपछि मञ्जु बेहोस् भइन् । त्यसपछि उनलाई आफन्तले सम्हालेर केही समयपछि होसमा आएको याद छ । अनि, गाउँका सबै जना मोहनको खोजतलासमा लागे । पछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेको सूचना प्राप्त भयो । आफन्त लिएर भोलिपल्ट मञ्जु हेर्न गइन् ।

मोहनको आठ वर्षअघि विवाह भएको थियो । उनले सुनसरी रामधुनी–८ कै मञ्जुसँग विवाह गरेका थिए । मञ्जुले यति चाँडै श्रीमान् गुमाउँदाको पीडाले उनलाई सम्हालिन धेरै दिनसम्म कुर्नुप¥यो । अहिले पनि उनी श्रीमान्को नाम लिनासाथ आँखाबाट आँसु झार्छिन्, अरु केही बोल्न सक्दिनन् । ४० वर्ष पुगेका मोहन र मञ्जुबीच प्रेम विवाह भएको थियो । उनीहरूको पाँच र अर्की सात वर्षका छोरी छन् । घर बनाउने क्रममै उनीहरुबीच चिनजान भयो, अनि मन्दिरमा विवाह भएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

नेपाल र साउदीबीच श्रम सम्झौता

काठमाडौँ । नेपाल र साउदी अरबबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । नेपाली श्रमिकहरूको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्य सहित साउदी अरबको रियादमा हस्ताक्षर सम्पन्न भएको हो ।

<...

बाढीपछि देवीघाटको अवस्था कहालीलाग्दो, बस्ती नै बगरमा परिणत

नुवाकोट । बाढी र पहिरोपछि नुवाकोटको देवीघाट क्षेत्रको अवस्था कहालीलाग्दो बनेको छ । विनाशकारी बाढीले बस्तीका घरहरू बगाएर ठूलो क्षेत्रमा बालुवा, ढुंगा र भग्नावशेष थुपारेको छ । बाढीको वेगले कतिपय घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने कतिपय घरका संर...

आयोगले लियो पूर्वमहानिरीक्षक खापुङको बयान

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको बयान लिएको छ । आयोगले बिहीबार सिंहदरबारमा खापुङसँग बयान लिएको हो । उनीमाथि २३ भदौमा अत्यधिक बल प्रयोग गरेको र २४ गते सार्वजनिक...

६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ। आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यस...

शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार

काठमाडौँ । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ । शव सुरक्षित राख्न कम्तीमा एक हजार जनासम्मको क्षमता भएको फ्रिजर र पर्याप्त डीएनए परीक्षण किट आवश्यक परेको भन्दै सरकारले विभिन्न देशसँग सह...