पार्टी एकताको निर्णय अनुमोदन गर्न माओवादीको बैठक बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । भोलि हुन लागेको नौ वाम दलबीचको एकता अनुमोदनका लागि माओवादीले बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीसहित नौवटा वाम दलबीच हुन लागेको एकताप्रति भने पार्टीभित्रै असन्तुष्टि छ । नेता जनार्दन शर्माले उक्त एकतामा सहभागी नहुने स्पष्ट पारिसकेका छन् ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नेता जनार्दन शर्माले प्रचण्डसँगको ४० वर्षे सहकार्य अन्त्य गर्ने निर्णय सुनाउँदै अब आफू आफ्नो ढंगले अघि बढ्ने बताएका छन्। यता, एकीकृत समाजवादीमा पनि झलनाथ खनाल, घनश्याम भुसाल सहितका नेताले एकताप्रति असहमती जनाएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
एमाले संसदीय दलको बैठक जारी, ओलीले सांसदलाई विशेष निर्देशन दिने
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा अहिले बसिरहेको छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । ओलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने निर्णय गरिसकेका छन् ।
बैठकमा अध...
एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११औं महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौर...
रवि लामिछाने भारततर्फ प्रस्थान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् । उनी पत्नी निकितासहित भारततर्फ प्रस्थान गरेका हुन् ।
आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट...
रवि–बालेन सहमतिबाट किन बाहिरिए कुलमान ?
काठमाडौँ । शनिबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच आगामी निर्वाचनमा मिलेर जाने सम्भावना खोज्न छलफल सुरु भयो । छलफलमा प्रवेश गरे, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने । छलफल सुरुमा ब...
ओली र लेखकलाई पत्राचार गर्दै आयोग
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसा...
रवि र छविको मुद्दामा आज पेसी
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत बुटवलमा आज पेसी तोकिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोश...



