बुद्ध र गान्धीको दर्शनबाट उत्प्रेरित कथामा मनोज पण्डितले ‘ग्रेट’ निर्देशन गर्ने
काठमाडौँ । हिंसाको माध्यमबाट के शान्ति प्राप्त हुन्छ ? बुद्ध र महात्मा गान्धीको दर्शनबाट उत्प्रेरित भएर लेखिएको कथामा आधारित चलचित्र ‘ग्रेट’ ले मानिसको महानता के मा हुन्छ भन्ने प्रश्नको उत्तरको खोजी गर्छ । इन्डी फिल्म निर्माणको शैलीमा निर्माण हुने जनाइएको यो रोमान्चक ड्रामामा मनोज पण्डित, विशाल पोखरेल अग्रिम पण्डित, देवेन्द नेपाल, दीपक भट्टराई, रिश्ता अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ ।
युधिष्ठिर सरस्वती क्रियसनस्को ब्यानरमा बन्ने फिल्मको छायांकन पर्वत जिल्लाको पैयुँ क्षेत्रमा माघदेखि सुरु हुनेछ । विवेक लामाले फिल्म छायांकन गर्नेछन् । मनोज पण्डितको लेखन निर्देशन तथा निर्माणमा चलचित्र बन्दैछ । लक्ष्य, दासढुंगा, बधशाला, छायाँ, खाग, एकपछि पण्डित निर्देशित यो सातौं फिल्म हुनेछ । बुधबार चलचित्र विकास बोर्डले यो फिल्मलाई निर्माणको इजाजत दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
गायक प्रशान्त तामाङको निधन
काठमाडौँ । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रशान्तको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका...



